काठमाडौं– झन्डै ३२ अङ्कले घटेर सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ८० अङ्कले घटेर दुई हजार ४५ दशमलव ४४ विन्दुमा झरेको छ ।
आज म्युचल फन्डबाहेक सबै समूहको सेयर घटेकोमा होटल तथा पर्यटन, जलविद्युत्, बीमा र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको सेयर साढे सात प्रतिशत र थ्री स्टार हाइड्रोपावर कम्पनीको सेयर सात प्रतिशतले ओरालो लागेको छ ।
समग्रमा बजार राताम्मे भए पनि आज इमर्जिङ नेपालको सेयर सबैभन्दा धेरै पाँच प्रतिशतले बढेको छ ।
आज दुई सय ७८ वटा कम्पनीका ५६ लाख तीन हजार कित्ता सेयर कारोबार भएका छन् । ६१ हजार तीन सय पटक भएको कारोबारबाट दुई अर्ब १५ करोड ७३ लाख रुपैयाँको सेयर खरिद बिक्री भयो ।
सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको २० करोड ५५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar