काठमाडौं– टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन’ को फिजिकल अडिसन मंगलबारदेखि सुरु हुने भएको छ ।
श्रावण ३० गते मंगलबारदेखि चाबहिलस्थित पहेँलो पुलमा रहेको एजे स्टुडियोमा अडिसन सुरु हुने आयोजक एजे इन्टरटेनमेन्टले जानकारी दिएको हो ।
यस दोहोरी आइकनका प्रतिस्पर्धामा पहिलो हुनेलाई २५ लाख रुपैयाँ पुरस्कार र वर्ल्ड टुरको व्यवस्था गरिएको छ ।
शोमा कोमल वली, पशुपति शर्मा र कुलेन्द्र विश्वकर्मा निर्णायकको रूपमा रहेका छन् । शोको होस्टका रूपमा पीएन सापकोटा र शोभा त्रिपाठी रहेका छन् ।
आयोजकले केही महिनापछि शोको प्रसारण सुरु हुने बताएको छ । मौलिक लोकदोहोरी गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यो शो हुन लागेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar