काठमाडौं– एभरेष्ट बैंकले फोनपेसँग सहकार्य गरी नेपाली बजारमा पहिलो पटक अफलाइन डिजिटल पेमेन्ट ‘फोन ट्याग’ ल्याएको छ ।
फोन ट्याग एक अफलाइन भुक्तानी समाधान हो जसले इन्टरनेट जडान नभएको क्षेत्रमा वा मोबाइल डेटा प्रयोग गर्न अनिच्छुक ग्राहकहरूलाई मोबाइल बैंकिङ एपबाट ‘एनएफसी ट्याग वा ‘सीपीक्यूआर’ दिएर भुक्तानीहरू गर्न सक्षम बनाउँछ ।
अफलाइन कारोबारको सीमा ५ हजार प्रति कारोबार रहेको छ । यो सेवा एभरेष्ट बैंकका सबै ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप मार्फत प्रयोग गर्न सक्छन् ।
हाल यो सेवा एनएफसी सक्षम एन्ड्रोइड स्मार्ट फोनहरूमा उपलब्ध छ । एनएफसी नभएका मोबाइल फोनमा ग्राहकहरुले सीपीक्यूआर कोड प्रयोग गर्न सक्छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar