काठमाडौं– सोनापुर मिनरल्स एण्ड आयलले आजदेखि स्थानीय बासिन्दाका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ ।
कम्पनीले आजदेखि उद्योग प्रभावित क्षेत्र दाङ र पाल्पाका स्थानीयका लागि आईपीओ बिक्री खुलाएको हो ।
स्थानीयसँगै आईपीओमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूले समेत आवेदन दिन पाउनेछन् । कम्पनीले स्थानीय बासिन्दाका लागि १०० रुपैयाँ अङ्कित सेयरमा १२५ रुपैयाँ थपेर प्रतिकित्ता २२५ रुपैयाँमा बिक्री खुलाएको हो ।
उद्योगको जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख रुपैयाँको ४० प्रतिशतले हुन आउने १ करोड २३ लाख २०० कित्ता सेयर बिक्रीका लागि छुट्याएको छ । यसमध्ये स्थानीय बासिन्दाका लागि १५ लाख ३७ हजार ५२५ कित्ता सेयर छुट्याइएको छ ।
यस्तै, वैदेशिक रोजगारीमा जानेहरूका लागि १० लाख ७६हजार २६८ कित्ता सेयर छुट्याइएको जनाइएको छ ।
यसमा भदौ ११ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै, सो अवधिमा आवेदन नपरेमा भदौ २६ गतेसम्म म्याद थप हुनेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar