काठमाडौं– आज बजार दोहोरो अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ८१ अङ्कले बढेर दुई हजार ८० दशमलव ८६ विन्दुमा पुगेको छ ।
आज फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स र अन्यबाहेक अरू सबै समूहको सेयर सामान्य बढेको छ ।
सबैभन्दा धेरै थ्री स्टार र अपर साङ्गे हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले तथा माउन्टेन इनर्जी नेपाल कम्पनीको शेयर साढे नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै घोराही सिमेन्ट इन्डस्ट्रीको सेयर १० प्रतिशतले ओरालो लागेको छ ।
आज दुई सय ७१ वटा कम्पनीका ९७ लाख १८ हजार कित्ता सेयर किनबेच भएका छन् । ९५ हजार नौ सय वटा कारोबारमा तीन अर्ब एक करोड ८४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
सबैभन्दा धेरै नेपाल इन्सुरेन्स कम्पनी लिमिटेडको प्रमोटर सेयर ५८ करोड ४५ लाख रुपैयाँ र घोराही सिमेन्टको सेयर २३ करोड १५ लाख रुपैयाँमा खरिद बिक्री भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar