काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको छानबिनका लागि संसदीय समिति नभई एमालेले उच्चस्तरीय स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने माग गरेको दावी गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले, सुन तस्करीको छानबिनका लागि संसदीय समिति नभई वहालवाला वा पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय स्वतन्त्र छानबिन समिति गठनको कुरा गरेको बताएका हुन् ।
संसदीय समिति कस्तो हुन्छ भनेर पोहोर नै हेरिएको बताए । ‘सभापति उहाँहरुकै चाहिन्छ, बहुमत उहाँहरुकै चाहिन्छ’, ओलीले भने, यो पनि छानबिन गर्नैपर्दैन, त्यो पनि छानबिन गर्नुपर्दैन भन्छ । सुन तस्करीको कहानी नै गलत हो, प्रतिपक्षले बनाएको हो भन्ने बेर छैन ।’
‘अहिले गठबन्धनले संसदीय मर्यादा राखेर छानबिन गर्न सक्दैन, दलिय गठबन्धन अगाडि आउँछ’, एमाले अध्यक्ष ओलीले भने । उनले संसदीय समिति एमालेले स्वीकार नगर्ने पनि बताए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar