काठमाडौं – लगातार तेस्रो दिनसम्म घटेको सेयर बजार आज उच्च अङ्कले बढेको छ ।
सेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव शून्य छ अङ्कले बढेर दुई हजार ६० दशमलव ९१ विन्दुमा पुगेको छ ।
आज म्युचल फन्डबाहेक सबै समूहको सेयर बढेकोमा विकास बैंक, फाइनान्स, जलविद्युत्, बीमा र उत्पादन समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज हिमालयन लघुवित्त, मनकामना स्मार्ट लघुवित्त र सुपर मादी हाइड्रोपावर कम्पनीको सेयर साढे नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार हरियाली भए पनि आज सेन्चुरी डिबेन्चर २०८८ को सेयर १० प्रतिशतले घटेको छ ।
आज दुई सय ६५ वटा कम्पनीका ५० लाख १० हजार सेयर किनबेच भएका छन् ।
७७ हजार पाँच सय पटक भएका कारोबारमा एक अर्ब ८८ करोड ८३ लाख रुपैयाँको सेयर खरिद÷बिक्री भएको छ ।
सबैभन्दा धेरै आईएमई लाइफ इन्सुरेन्स कम्पनीको १५ करोड ५० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar