काठमाडौं– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पाँच वर्षका लागि राजनीतिमा प्रतिबन्ध लगाइएको छ ।
पाकिस्तानको निर्वाचन आयोगको आदेश अनुसार खान आउँदो पाँच वर्षसम्म चुनाव लड्न नपाउने भएका छन् । आयोगले खानलाई सम्पत्तिको गलत घोषणा गरेकोमा दोषी ठहर गर्दै अयोग्य ठहर गरेको अल जजिराले जनाएको छ ।
खानको निर्वाचन क्षेत्र अब खाली रहनेछ । पाकिस्तानी कानून अन्तर्गत दोषी व्यक्ति तोकिएको अवधिको लागि कुनै पनि सार्वजनिक पदमा उम्मेदवार हुन सक्दैन ।
खानमाथि प्रधानमन्त्री पदमा रहँदा प्राप्त महँगा उपहारहरु बेचेर सरकारी कोषमा जम्मा नगरेको आरोपमा अदालतले गएको शनिवार तीन वर्षको जेल सजाय तोकेको छ ।
खान अहिले जेलमा छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar