काठमाडौं– आज पनि सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से आज २८ दशमलव ४० अङ्कले घटेर दुई हजार १९ दशमलव ८५ विन्दुमा झरेको छ ।
आज सबै समूहको सेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, बीमा र उत्पादन समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज सबैभन्दा धेरै गुराँस फाइनान्सको सेयर आठ प्रतिशत तथा विजय लघुवित्तको सेयर सात प्रतिशतले घटेको छ ।
समग्रमा बजार राताम्मे भएको दिन सबैभन्दा धेरै स्वरोजगार लघुवित्त र नेपाल रिपब्लिक मिडियाको शेयर १० प्रतिशतले बढेको छ ।
आज ४८ लाख ६० हजार कित्ता शेयर एक अर्ब ७३ करोड ७० लाख रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै आईएमई लाइफ इन्सुरेन्सको १७ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar