एजेन्सी– स्पेनले समुद्री तटलाई जलवायु परिवर्तनको असरबाट जोगाउन ड्रोन तैनाथ गर्न थालेको छ ।
जलवायु परिवर्तनको असरबाट देशका समुद्री तटलाई जोगाउन स्पेनले ड्रोन तैनाथ गरेको हो ।
स्पेनका समुद्री तट विश्वव्यापी ख्याति कमाएका पर्यटकीय गन्तव्य हुन् । यी समुद्री तटबाट स्पेनले धेरै आम्दानी गरिरहेको छ । स्पेन सरकारले समुद्री तटको संरक्षण गर्न मद्दतका लागि, ’हाई रिजोलुशन’ क्षमता भएका क्यामेरा र ’मल्टिस्पेक्ट्रल सेन्सर’ जडान गरिएका ड्रोन उडाउन थालेको हो । यी ड्रोनले बालुवाको मात्रा अनुगमन गर्न, तथ्याङ्क सङ्कलन गर्न र समुद्री तटलाई पुनर्जीवित गर्ने उपायहरू ’ट्र्याक’ गर्न सूचना सङ्कलन गर्छन ।
स्पेनको उत्तरपूर्वी क्षेत्र क्याटालोनियामा रहेको क्यालाफेल सहरले जलवायु परिवर्तन अनुकूलन उपायहरूका लागि युरोपेली युनियनको इम्पेटस परियोजनामा भाग लिइरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar