एजेन्सी– युक्रेनी राष्ट्रपति जेलेन्स्कीको हत्याको योजना बनाएको आरोपमा एक महिलालाई पक्राउ गरिएको छ ।
युक्रेनका सुरक्षा सेवाले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको हत्या गर्ने रुसी षड्यन्त्रमा संलग्न रहेको आरोपमा एक महिलालाई पक्राउ गरिएको जनाएको छ ।
सुरक्षा सेवाका अनुसार ती महिलाले जुनमा बाढी प्रभावित माइकोलाइभको यात्रा अघि जेलेन्स्कीको तालिकाको बारेमा पत्ता लगाउन प्रयास गरेकी थिइन् ।
युक्रेनले प्रायः रुसलाई समर्थन गर्ने स्थानीयमाथि मस्कोको सेनाको मद्दतका लागि जानकारी दिएको आरोप लगाउँछ । राष्ट्रपति जेलेन्स्कीले यो गिरफ्तारीको पुष्टि गरेका छन् । उनका अनुसार सेक्युरिटी सर्भिसेजले उनलाई ‘देशद्रोही विरुद्धको युद्ध’ बारे जानकारी दिएका थिए ।
यद्यपि, रुसले हालसम्म यसबारे कुनै प्रतिक्रिया दिएको छैन । युक्रेनको सेक्युरिटी सर्भिस एसबीयूले एक विज्ञप्तिमा ती महिलालाई रुसीहरूलाई खुफिया जानकारी दिने क्रममा रंगेहात पक्राउ गरिएको बताएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar