काठमाडौं– तीन वटा वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा परेका छन् ।
गत आर्थिक वर्ष २०७९÷८० मा केन्द्रीय बैंकको नीति निर्देशन र कानुनको बाहिर गएर वित्तीय कारोबार गरेरकाले प्राइम कमर्सियल बैंक, कुमारी बैंक र हिमालयन बैंकलाई कारबाही गरिएको हो ।
जसमध्ये नियम विपरीत आर्थिक गतिविधि सञ्चालन गर्ने कुमारी बैंक र हिमालयन बैंकलाई केन्द्रीय बैंकले झण्डै २ करोड रुपैयाँ बराबर जरिवाना गरेको छ ।
कुमारी बैंकले गत आर्थिक वर्षको माघ महिनामा तोकिएको कर्जा÷निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेको भन्दै केन्द्रीय बैंकले बैंकमाथि ५९ लाख ६३ हजार ६९४ रुपैयाँ २२ पैसा जरिवाना गरेको छ ।
यस्तै, कात्तिक महिनाको सीडी रेसियो कायम नगरेको भन्दै केन्द्रीय बैंकले हिमालयन बैंकलाई १ करोड ३९ लाख ४७ हजार २८ रुपैयाँ २४ पैसा जरिवाना गरेको छ ।
यस्तै, प्राइम कमर्सियल बैंकलाई भने प्रथम पटक सचेत गराइएको केन्द्रीय बैंकले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar