काठमाडौं– आज पनि सेयर बजार घटेको छ । हिजो आइतवार साढे ३८ अङ्कले घटेको सेयर बजार परिसूचक नेप्से आज तीन दशमलव २१ अङ्कले घटेर दुई हजार ४८ दशमलव २६ अङ्कमा झरेको छ ।
आज जलविद्युत्, लगानी र बैंकिङ समूहको सेयर घटेको छ भने अरू समूहको सेयर बढेको छ ।
सबैभन्दा धेरै छ्याङ्दी हाइड्रोपावरको सेयर साढे छ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि नेपाल रिपब्लिक मिडियाको सेयर १० प्रतिशत र गुराँस फाइनान्सको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।
आज दुई सय ६७ वटा कम्पनीका ६६ लाख ४७ हजार कित्ता सेयर कारोबार भएका छन् ।
एक लाख एक हजार दुई सय वटा कारोबारमा दुई अर्ब ३३ करोड ३५ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सबैभन्दा धेरै आईएमई लाइफ इन्सुरेन्सको ४३ करोड ६२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar