• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ १, बुधबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पोल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने महिला काठमाडौंबाट पक्राउ

१ दिन अघि
२

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

१ दिन अघि
३

दिलीप स्मृति तेक्वान्दो डोजोङलाई च्याम्पियनको उपाधि

१ दिन अघि
४

अमेरिका–चीन व्यापार सम्झौता सम्पन्न, जेनेभामा दुई दिनको वार्तापछि सहमति

१ दिन अघि
५

गोलीबारीपछि शान्तिको प्रयास: भारत–पाकिस्तानबीच आज सैन्य वार्ता

१ दिन अघि
६

जिम्मेवारी हेरफेरले युवा संघमा तीव्र विवाद

१ दिन अघि
७

१७ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति

१ दिन अघि
८

माछा मार्ने क्रममा करेन्ट लागेर मिक्लाजुङकी युवतीको मृत्यु

२ दिन अघि
९

दरबारमार्गमा हरिहरपुरगढीको तरबुजा : १० हजार किलो बिक्री

२ दिन अघि
१०

झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

२ दिन अघि
११

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

२ दिन अघि
१२

महिला विश्वकपमा ४८ टोली

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    २ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    १ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    २ हफ्ता अघि
  • oli with us ldr ४

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    १ हफ्ता अघि
  • gagan dai ५

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    १ हफ्ता अघि
  • bagmati pro photo ६

    खेलकुद महासंघ समाजवादीले प्रदेश सरकारलाई बुझाएको माग पत्रमा के छ !

    ३ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ७

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    २ हफ्ता अघि
  • tapkram ८

    तापक्रममा तीव्र उतारचढाव : नेपालजस्ता मुलुकहरू बढी जोखिममा

    २ हफ्ता अघि
  • झठटछ ९

    नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरू वर्षा सम्बन्धी तथ्याङ्क संकलनमा

    १ हफ्ता अघि
  • janjati mahasangh press १०

    जनजाति महासंघ (समाजवादी) को दोस्रो महाधिवेशन भोलीदेखी

    १ हफ्ता अघि
  • prev
    next

    ज्ञानेन्द्र शाहीको काण्डैकाण्डको भण्डाफोर : निर्वाचन आयोगमा समेत झुठ्ठा विवरण पेश गरेको खुलाशा

    न्युज डेस्कप्रकाशित मिति: २०८० श्रावण २२, सोमबार (१ साल अघि)
  • ५४८८५ पाठक संख्या
  • Gyanendra shahi new photo

    काठमाडौं – गत केहि दीन अघीदेखी सामाजिक सञ्जालमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता समेत रहेका सांसद ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही)को विवाहबारे व्यापक चर्चा हुँदै आएको छ ।

    केहि दीन अघी सामाजिक सञ्जालमा शाहीको विवाह भएको तस्विरहरु छरपष्ट भएको थियो । सामाजिक सञ्जालमा शाहीको विवाह भएको तस्विरहरु छरपष्ट हुँदासमेत शाहीले हालसम्म यथेष्ठ धारणा सार्वजनिक गरेका छैनन् । यद्धपी गत केही दिन अघी सोहि विषयमा पत्रकारहरुले प्रश्न गर्दा भने आफ्नो व्यक्तिगत जिवनबारे प्रश्न नगर्न भन्दै प्रश्न गर्ने पत्रकारहरुलाई थकाएका थिए । सांसद शाहीको उक्त हर्कत बाहिरियपछी भने उनको विवाहबारे सामाजिक सञ्जालमा झन् झन् चासोको विषय बन्दै गएको छ ।

    यसअघी आफ्नो विवाहबारे कहिल्यैपनि प्रतिक्रिया नदिएका सांसद शाहीबारे पत्रकारहरुले चासो राख्ने क्रममा शाहीले पत्रकारहरुलाई नै थर्काएका थिए । त्यसपछी झन् शाहीबारे सामाजिक सञ्जालमा विभिन्न टिकाटीप्पणी सुरु भएको छ । कतिपयले उनले विवाहबारे प्रश्न गर्नु जायज भएको र कतिपयले उनको व्यक्तिगत जिवनबारे प्रश्न गर्नु नाजायज भनी विभिन्न टिकाटिप्पणी गरेको देखिन्छ ।

    यसकारण शाहीले थर्काए पत्रकार

    गत साउन ४ गते सिंहदरवारमा सांसद शाहीलाई पत्रकारहरुले संसदको गतिविधीबारे प्रश्न गरिरहेको थियो । सोहि क्रममा त्यही रहेकी एक महिला पत्रकारले सामाजिक सञ्जालमा भाईरल भएको उक्त तस्विरबारे प्रश्न गरेकी थिईन् । पत्रकारको प्रश्न समिन नपाँउदै शाही उल्टै उनिमाथी नै जाईलागेका थिए ।

    ति पत्रकारले प्रश्न गरेकी छिन् “ज्ञानेन्द्र शाहीको विवाह सम्बन्धी तस्विर एकाएक भाईरल भईरहेको छ यो विषयमा तपाँईको धारणा के छ ?” एत्ति प्रश्न गर्ने वित्तिकै शाही पत्रकारमाथी ब्रुक्क उफिएका थिए । उक्त भिडियोमा उनले आफूमाथी यस्ता विषयमा प्रश्न गर्न नमिल्ने भन्दै उम्किने प्रयास गरेका छन् । पत्रकारको प्रश्न सकिन नपाँउदै उनले आफु विवाहित पुरुष रहेको भन्दै विवाह गरेको तस्विरहरु बोकेर हिन्न नपर्ने भन्दै प्रशंग मोड्ने कोशिष गरेका थिए ।

    त्यस्तै उनले आफुले धेरैवर्षअघी मन्दिरमा गएर बिहे गरेर सिन्दुर हालेर हिन्दु परम्परा अनुसार विवाह गरेको भन्दै त्यो आफ्नो र श्रीमतीको व्यक्तिगत सवाल रहेकाले त्यसबारे प्रश्न नगर्न आग्रह गरेका छन् । उनले भनेका छन् “यो मेरो व्यक्तिगत सवाल हो । म सार्वजनिक व्यक्ति हुँ , तर मेरो श्रीमतीको त व्यक्तिगत जिवन छ नी, अनि मैले मेरो श्रीमतीको बारे किन बोल्नु” त्यस्तै उनले आफु विवाहित रहेको समेत दावी गरेका छन् । दावी गर्दै उनले भनेका छन् “मैले बक्काईदा मन्दिरमा गएर बिहे गरेर सिन्दुर हालेको फोटो छ त अनी मैले बक्काईदा विहे गरेको छु त” त्यस्तै उनले धेरै बर्षअघी आफुले विवाह गरेको र आफु अविवाहित भनेको भन्दै एउटा भिडियो सार्वजनिक गर्नसमेत पत्रकारहरुलार्य चुनौती दिएका छन् ।

    शाहीको जवाफ दिने शैली र उनको चिच्याहटलाई मध्येनजर गर्दै क्यामेरामा कैद गरिरहेका अन्य पत्रकारहरुले पनी आफुमाथी सोहि प्रशंगमा प्रतिप्रश्न गर्नसक्ने भन्दै शाहीले प्रशंग मोड्न मिडिया र पत्रकारमाथी नै उल्टै विभिन्न प्रतिप्रश्न गरेका थिए । प्रश्न गर्ने ति महिला पत्रकारमाथी लक्षित गर्दै उनले भनेका छन् “तपाँई पत्रकारहरु पनि त सार्वजनिक व्यक्ति हो , त्यसमाथी त तपाँई त झन् महिला पत्रकार अव तपाँईले केके गर्नुहुन्छ, केके खानुहुन्छ अव म तपाँईको पनि तस्विर खोज्दै हिड्नु, यदी मैले त्यसो गरेँभने के हुन्छ ?” आफ्नो बचावट गर्दै शाहीले कसैको व्यक्तिगत जिवनबारे प्रश्न नगर्नसमेत आग्रह गरेका छन् ।

    त्यस्तै उनले विवाहको प्रशंग मोड्ने प्रयास गरेको भन्दै पत्रकारहरुले पनि उनीमाथी उल्टै अव “कुन् प्रशंगबारे प्रश्न गर्ने त?” भनी उनीमाथी नै व्यंग्य गरेका थिए । तर उनले नुनबारे, सुनबारे, नेपालको राजनितीबारे र सुशासनबारे प्रश्न गर्न आग्रह गरेका थिए । किनकी उनले भनेजस्तो प्रश्न गर्दा उनको विवाहबारेको प्रश्न छाँयामा पर्ने उनको अड्कल थियो । त्यसो त पत्रकारहरुले राखेको उनको विवाहबारेको चासोमा शाहीको जवाफ दिने शैली र प्रश्नपछीको अवस्था हेर्दा उनी आफुले गरेको गल्ती छरपष्ट हुन लागे जसरी झस्किएको देखिन्थ्यो ।

    विवाह गरेको भन्ने शाहीको दावी नै अस्पष्ट

    माथी उल्लेखित् भिडियोमा सांसद शाहीले आफ्नो विवाहबारे दिएको प्रतिक्रिया र दावीपछी शुभयुग डट कमले शाहीबारे अध्ययन गरेको थियो । अध्ययनका क्रममा शाही विवादित रहेको तथ्य फेला परेको छ । त्यस्तै उनको दावी अनुसार पनि उनि विवाहित व्यक्ति हुन् । तर हालसम्म उनले आफ्नो विवाहबारे कतैपनि चर्चा गरेका छैनन् । न त सामाजिक सञ्जालमा नै उनले आफ्नो श्रीमतीसंगको तस्विर राखेका छन् । पत्रकारहरुको उक्त प्रश्नमा उनको व्यवहार र उत्तर दिने शैली हेर्दा उनीमा ठुलै समस्या आईपर्ने स्थिती सिर्जना भएको भन्दै उम्कने प्रयास गरेको देखिन्छ ।

    त्यसो त उनि निकतस्थहरुका अनुसार उनले विगतमा ३ वटा विहे गरेको खुलेको छ । उनले विश्वमहामारीको रुप लिएर आएको कोभिड १९ को जोखिमका बेला सरकारले जारी गरेको लकडाउनका बेला रुपन्देहीमा एक युवतीसंग मन्दिरमा गई विवाह गरेका थिए । त्यस्तै उनले पुनः बाग्लुङ र नवलपरासीमा समेत मन्दिरमा छुट्टाछुट्टै विवाह गरेको नाम नबताउने शर्तमा उनि निकटका ति व्यक्तिले बताएका छन् ।

    त्यस्तै लकडाउनकै समयमा उनि एक युवतीसंग लिभिङ टुगेदरमा समेत बसेका उनी बताँउछन् । त्यस्तै उनका अनुसार शाहीले यी लगायत थुप्रै व्यक्तिसंग विवाह गरेकोसमेत उनले बताए । फरक फरक स्थानमा, फरक फरक व्यक्तिसंग विवाह गरेकाले सवैले उनको त्यस अवस्थाबारे जानकारी नपाओस् भनी उनले पत्रकारहरको प्रश्नबाट भाग्ने कोशिष गरेको उनी बताँउछन् ।

    उम्मेदवारी दर्ता गर्दा शाहीले आयोगलाई झुठो विवरण बुझाएको खुलाशा

    गत २०७९ मंसिर ४ गते भएको प्रतिनिधी निर्वाचनमा उम्मेदवारी मनोनयन गर्दा शाहीले निर्वाचन आयोगलाई समेत झुठो विवरण बुझाएका छन् । माथी उल्लेखित् भिडियोमा शाहीले आफुले धेरैअघी मन्दिरमा विवाह गरेको दावी गरेपनि शाहीले उम्मेदवारी मनोनयन गर्दाभने आफु अविवाहित रहेको बताएका छन् ।

    निर्वाचन आयोगमा रहेको उनको वैयक्तिक विवरण (अनुसूची १०) मा पनि शाहीले पति पत्निको नाथर रहेको स्थानमा खाली नै छाडेका छन् । जुन स्थानमा विवाहित महिला भए आफ्नो पति र विवाहित पुरुष भए आफ्नो पत्निको नाम उल्लेख गर्नुपर्ने हुन्छ । तर शाहीले भने आफू विवाहीत रहँदा रहँदै पनि आफू अविवाहीत उल्लेख गरेको देखिन्छ ।

    यस विषयमा सांसद शाहीलाई पटक पटक सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आएनन् । त्यस्तै एकपटक सम्पर्कमा आएका शाहीसंग उनको विवाह र उम्मेदवारी दर्तामा गलत विवरण उल्लेख गरेकोबारे प्रश्न गरेपछी उत्तर दिनबाट भागेका थिए । पुनः उक्त प्रश्न गर्दा गाँईगुँई गर्दै शाहीले प्रश्नबाट पन्छीदै उनको मोवाईल फोन आफ्ना स्वकिय सचिव गोकर्ण कठायतलाई दिएका थिए । तर कठायतले भने कुन् मिडिया र को पत्रकार भन्दै दाई विजी हुनुहुन्छ पछी कुरा गरौंला भन्दै फोन काटीदिएका थिए । त्यस्तै हामीले पुनः टेलिफोन गर्दा भने दुवैजनाले फोन उठाएनन् ।

    उता त्यस विषयमा निर्वाचन आयोगमा यस विषयमा जानकारी लिँदा उम्मेदवारी मनोनयन गर्दा त्यसो गर्नै नमिल्ने बताएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचन ऐनमा पनि निर्वाचनमा भाग लिने कुनैपनि उम्मेदवारले अनुसूची १० अन्तरगतको वैयक्तिक विवरण भर्नुपर्ने र विवरण भर्दा गलत कुरा उल्लेख गरे त्यस्तो कुरा कानुन विपरित हुने उल्लेख गरे । यसअघी यस किसिमको कार्यहरु नभएको भन्दै प्रवक्ता पौडेलले यसवारे आयोगका पदाधिकारीसमक्ष जानकारी गराउने प्रतिक्रिया दिए ।

    को हुन् शाही ?

    गत निर्वाचनमा जुम्ला क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) शाहीले नेकपा (माओवादी केन्द्र)की गोमा गौतम कुँवरलाई पराजित गरेका हुन् । ज्ञानेन्द्र मूल राजनीतिमा आएको बढीमा करिव दुई वर्ष जति भएको छ ।

    वि.सं.२०४८ साल माघ २४ गते जुम्लाको सिङ्जा गाउँपालिका वडा नम्बर ३ पिगी (साबिक नराकोट गाविस वडा नं.७ मा जन्मिएका उनी विशेषतः सामाजिक सञ्जालमा छाइरहने भाइरल पात्रका रूपमा परिचित छन् । राप्रपाको राजनितीमा आउनुअघी भ्रष्टाचार विरोधी अभियन्ताको रुपमा परिचय बनाएका उनी भ्रष्टाचारका फाइल हातमा लिने, युटुवरलाईसँगै लगेर चर्को–चर्को आवाजमा बोल्ने गर्दथे । जसका कारण उनी दिनानुदिन सामाजिक सञ्जालमा चर्चाको पात्र बने ।

    उनी चर्चामा मात्र आएनन् विवादित पनि बनिरहने व्यक्ति हुन् । त्यसो त उनको चर्चा वि.सं.२०७६ वैशाख १८ गते सुर्खेतमा गरेको कार्यक्रममा पत्रकारहरू उपस्थित नभएपछि पत्रकारहरूलाई अपशब्द प्रयोग गरेको अभियोगमा सुर्खेतको एक कार्यक्रम स्थलबाट प्रहरीले पक्राउ गरेपछि भएको हो । त्यसपछि उनलाई सुर्खेतबाट गिरफ्तार गरी सार्वजनिक बसमा काठमाडौँ ल्याईएको थियो । सार्वजनिक बसमा काठमाडौँ ल्याउने क्रममा प्रहरीले उनलाई निर्ममतापूर्वक यातना दिएकोले उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको प्रहरीमाथी आरोप लागेको थियो । त्यसपछि उनको चर्चा एकाएक बढेको थियो ।

    जुम्लाको दुर्गम भेगमा जन्मिएका उनी कक्षा पाँचसम्म गाउँकै प्राथमिक विद्यालयमा पढाइ गरेका थिए भने कक्षा ६ देखिमाथि पनि जुम्लामै अध्ययन गरे । त्यस्तै एसएलसीपछि भने काठमाडौँको त्रिचन्द्र कलेज पुगेका उनले विज्ञान पढको उनि निकटका व्यक्तिहरु बताँउछन् । त्रिचन्द्रमा आईएस्सी पढेपछि सिए पढ्न भन्दै भारतको राजधानी नयाँदिल्ली पुगेका उनी कलेज भर्ना नै नभई नेपाल फर्किएका थिए । उक्त विषयबारे पनि हालसम्म उनीमाथी प्रश्न उठ्दै आएको छ ।

    जानकारहरुका अनुसार शाहीले दिल्लीमा एउटा चार्टर एकाउन्टेन्ट फर्ममा काम गरेका थिए । तर त्यहाँ कार्यरत् कामदारहरुसंग अराजक व्यवहार गरेकाले उनी त्यहाँबाट लखेटिएको भन्दै उनि निकटष्थहरुले बताँउदै आएका छन् ।
    त्यस्तै कतिपय भिडियो अन्तरवार्ताका क्रममा शाहीले भारतीयहरूले नेपालीहरूमाथि गर्ने व्यवहारका कारण आफू नेपाल फर्किएको बताउँदै आएका छन् । त्यस्तै अन्तरवार्तामा उनले नेपालमा नै केही गर्छु भन्ने उद्देश्यसहित फर्किएर भ्रष्टाचार विरोधी संघर्षमा लागेको बताउने गरेका छन् । जसका कारण उनी दिनप्रतिदिन युट्युवहरुमा शनशनीपूर्ण समाचारको हेडलाइन बन्न थाले ।

    त्यसो त उनलाई लामो समयदेखी नेपालमा भ्रष्टाचार विरोधी संघर्षमा रहेको अभियान नेपालका लागी नेपाली अभियानमा सहभागी गराई अभियानका संयोजक डा.सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले सहयोग गरेका थिए । तर अभियानमा रहँदा अराजक र चरित्रहिन व्यवहार र आर्थिक अपारदर्शिता गरेको भन्दै शाहीलाई उनिहरुले अभियानबाटै बर्खास्त गरिदिएका थिए ।

    त्यसलगत्तै शाहीले आफ्नै नेतृत्वमा अर्को अभियान सञ्चालन गरेका थिए । सुरुमा उनलाई पूर्व डिआईजी रमेश खरेलले साथ दिने भनिएपनि पछि खरेल आँफै शाहीबाट टाढिएका थिए । आक्रामक र अराजक प्रस्तुतिले शाहीलाई आमसञ्चार र उच्च तहका व्यक्तिहरूले मन नपराएपनि कतिपय व्यक्तिहरुले भने उनलाई अझै वाईवाई गरिरहन्छन् ।

    शाहीमाथी २०७६ सालमा ललितपुरको पुल्चोकमा पत्रकार सम्मेलनका क्रममा अराजक व्यवहार देखाएको भन्दै आक्रमणको प्रया’ भएको थियो । उनले पत्रकारको भेषमा कार्यक्रममा एमाले निकट कार्यकर्ताहरूले आफूमाथि आक्रमण गरेको आरोप लगाएका थिए । यस्तै २०७६ असोजमा चितवनमा पनि उनीमाथि आक्रमण भएको थियो । चितवनमा भने उनी बालबाल बाँचेका थिए । एक कार्यक्रममा भाग लिन गएका उनी माईक्रोबसको सिटमा सुतीरहँदा उनीमाथी रडले आक्रमण भएको थियो । त्यस घटनालाई भने उनले नेकपा माओवादी निकटका कार्यकर्ताहरुलाई आरोप लगाएका थिए ।
    त्यस्तै लकडाउनका बखत् २०७७ बैशाखमा ललितपुरमा राहत वितरणमा निस्किएका शाहीलाई प्रहरीले पक्राउ गरेको थियो ।

    उनलाई लकडाउन उल्लंघनको आरोपमा प्रहरीले ललितपुरको सुनाकोठीबाट पक्राउ गरिएको थियो ।
    यतिमात्र होइन त्यही समयमा राहत वितरण गर्न सुर्खेत पुगेका शाहीको टोलीमाथी नै आक्रमण भएको थियो । राहत वितरणकै क्रममा सुर्खेत पुगेका उनीमाथि वीरेन्द्रनगर – १३ स्थित करेखोलामा एक समूहसंग विवाद गर्दा उक्त समुहले शाही र उनको टोलीमाथी आक्रमण गरेको थियो ।

    उता खरेलले आफ्नो साथ छाडेपछी विचलित भएका शाहीले उनको नयाँ अभियानलाई नै राप्रपामा समाहित गराएका थिए । त्यस्तै उनले अभियानका सवैलाई राप्रपामा प्रवेश गराएका थिए । त्यस्तै हल्लाहल्लैका बीच एकाएक राप्रपामा प्रवेश गरेका उनी राप्रपाको प्रवक्ता बनेका थिए ।

    हाल उनी राप्रपाको प्रवक्तासहित संसदमा प्रमुख सचेतकको रुपमा रहेका छन् ।

     

  • subhayug
  • ज्ञानेन्द्र शाही
  • प्रवक्ता
  • राप्रपा
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • सांसद
  • सांसद ज्ञानेन्द्र शाही
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • पोल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने महिला काठमाडौंबाट पक्राउ

  • सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

  • दिलीप स्मृति तेक्वान्दो डोजोङलाई च्याम्पियनको उपाधि

  • गोलीबारीपछि शान्तिको प्रयास: भारत–पाकिस्तानबीच आज सैन्य वार्ता


  • समाचार
  • १

    पोल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने महिला काठमाडौंबाट पक्राउ
    १ दिन अघि

  • २

    सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
    १ दिन अघि

  • ३

    दिलीप स्मृति तेक्वान्दो डोजोङलाई च्याम्पियनको उपाधि
    १ दिन अघि

  • ४

    अमेरिका–चीन व्यापार सम्झौता सम्पन्न, जेनेभामा दुई दिनको वार्तापछि सहमति
    १ दिन अघि

  • ५

    गोलीबारीपछि शान्तिको प्रयास: भारत–पाकिस्तानबीच आज सैन्य वार्ता
    १ दिन अघि

  • ६

    जिम्मेवारी हेरफेरले युवा संघमा तीव्र विवाद
    १ दिन अघि

  • ७

    १७ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति
    १ दिन अघि

  • ८

    माछा मार्ने क्रममा करेन्ट लागेर मिक्लाजुङकी युवतीको मृत्यु
    २ दिन अघि

  • ९

    दरबारमार्गमा हरिहरपुरगढीको तरबुजा : १० हजार किलो बिक्री
    २ दिन अघि

  • १०

    झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    oli with us ldr
    १ हफ्ता अघि

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    सामाजिक सञ्जालबाट
    १

    अमेरिका–चीन व्यापार सम्झौता सम्पन्न, जेनेभामा दुई दिनको वार्तापछि सहमति

    subhayug
    २

    गोलीबारीपछि शान्तिको प्रयास: भारत–पाकिस्तानबीच आज सैन्य वार्ता

    subhayug
    ३

    महिला विश्वकपमा ४८ टोली

    subhayug
    ४

    भारत र पाकिस्तानको युद्धविरामपछि पनि भारतीय वायुसेनाले भन्यो– ‘अपरेशन सिन्दूर’ अझै जारी छ

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Resham Tamang 9841266912

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution