काठमाडौं– साना नानीबाबुहरुको उत्कृष्ठ सिकाईको केन्द्र बनेको छ, नियाना मन्टेश्वरी । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीमा सञ्चालित नियाना किन्डरगार्टेन प्रि–स्कुलले साढे २ वर्षअघि देखि पी.जी., नर्सरी, एल.के.जी र यु.के.जी सम्मका साना नानीबाबुहरुले पढाउँदै आएको छ ।
सस्तो शुल्क र पारिवारिक वातावरणमा बालबालिकासँग खेल्दै, सिक्दै पढाउने अवधारणा अनुसार मन्टेश्वरीमा हाल ६२ जना बालबच्चा पढ्छन् ।
छोरी नियाना खड्काको भर्नाबाट पहिलो पटक पढाइ सुरु गरिएकाले मन्टेश्वरीको नाम पनि नियानाकै नामबाट राखिएको मन्टेश्वरीकी प्रिन्सिपल सविता खड्काले बताइन् ।
व्यवहारिक रुपमा अनुभवी शिक्षक र प्रविधिको माध्यमबाट बालबालिकालाई पढाउँदै आएको खड्का बताउँछिन् ।
मन्टेश्वरीले आर्थिक रुपमा विपन्न अभिभावकका बालबच्चालाई विशेष प्राथमिकता दिएर भर्ना गर्ने गरेको छ ।
मन्टेश्वरीमा भक्तपुर क्षेत्र आसपास सुडाल, सुर्यविनायक, भत्केकोपाटी, सल्लाघारी, सुविधानगरलगायतका बालबच्चालाई पठनपाठनका लागि आउने गर्दछ ।
अहिले मन्टेशवरीमा १८ महिनादेखि ७ वर्षसम्मका सबै उमेरसमुहका बालबच्चा छन् ।
आगामी दिनमा मन्टेश्वरीलाई थप विस्तार गर्दै कक्षा ५ तहसम्म पुर्याउने लक्ष्य रहेको खड्काले बताइन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar