काठमाडौं– पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयातमा ठूलो परिमाणमा कमी आएको छ ।
गएको आर्थिक वर्ष २०७९÷८० मा नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने गाडीमा ७६ प्रतिशतले कमी आएको हो ।
सरकारले आयातमा गरेको कडाइ, तरलता अभाव, आर्थिक मन्दी र विद्युतीय गाडीमा भएको आकर्षणका कारण पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयातमा ७६ दशमलव १४ प्रतिशतले कमी आएको हो ।
भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८÷७९ मा नेपालले १५ अर्ब ९७ करोड रुपैयाँ तिरेर १५ हजार ६ सय १० वटा पेट्रोलियम पदार्थबाट गाडी आयात गरेकोमा गएको आर्थिक वर्ष २०७९÷८० मा भने तीन हजार ७ सय २५ वटा गाडी आयात भएको छ ।
गएको वर्ष जम्मा पाँच अर्ब ५७ करोड रुपैयाँका मात्रै गाडी आएका छन् । तर विद्युतीय गाडीको आयात भने निकै बढेको छ । गएको आर्थिक वर्षमा चार हजार ५० वटा विद्युतीय गाडी आयात भएका छन् ।
यी गाडीको मूल्य ११ अर्ब ८४ करोड रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा भने जम्मा १८ सय पाँच वटा मात्रै विद्युतीय गाडी आयात भएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar