काठमाडाैं – भन्सार विभागले डिजिटल हस्ताक्षर प्रणाली लागु गर्ने तयारी गरेको छ । विभागका काम प्रभावकारी बनाउन र छिटोछरितो सेवा उपलब्ध गराउन यो प्रणाली लागु गर्न खोजिएको विभागले बताएको छ ।
आन्तरिक कार्यालयमा यो साउनदेखि नै लागु गर्ने तयारी विभागले गरेको निर्देशक हरिहर पौडेलले जानकारी दिए । आगामी माघसम्ममा विभागमा सेवा लिन आउने सबैका लागि डिजिटल हस्ताक्षर प्रयोग गर्ने गरी काम भइरहेको उनले बताए ।
डिजिटल हस्ताक्षर प्रणाली सुरु गर्न क्युआर कोड खरिदका लागि विभागले टेन्डर आह्वान गर्ने तयारी गरेको छ । निर्देशक पौडेलका अनुसार कार्यालयभित्र डिजिटल हस्ताक्षर प्रणाली सुरु गर्न करिब ६ लाख खर्च लाग्नेछ । विभागमा आउने सेवाग्राहीसहितका लागि भने करिब ५० लाख खर्च हुने अनुमान छ । डिजिटल हस्ताक्षरले काम धेरै छिटो हुने विभागले बताएको छ । यसबाट कार्यालयलाई ‘पेपरलेस’ बनाउन पनि सहयोग पुग्ने अपेक्षा विभागको छ ।
डिजिटल प्रणाली लागु भएपछि महिना दिनमा हुने काम एकै दिनमा सकिनेछ भने कुनै पनि कामका लागि विभाग धाउनु पर्दैन । आवश्यक कागजात अनलाइन अपलोड गरेपछि सबै काम अनलाइन नै हुनेछ । अहिले कागजमा हस्ताक्षर गर्नुपर्दा काम ढिलो हुने गरेको छ । हाल विभागमा दैनिक अर्थ मन्त्रालयबाट मात्र हस्ताक्षर गर्नुपर्ने कागज २० देखि २५ वटा आउँछन् । यसैगरी सेवाग्राहीका पनि यही हाराहारीमा कागजपत्र थुप्रिन्छन् । डिजिटल प्रणाली लागु भएपछि सेवाग्राही कार्यालयमा आउनु पर्दैन भने सरकारी कार्यालयहरुबीच पनि कागजपत्र आदानप्रदान छिटो र सहज हुन्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar