एजेन्सी– उज्बेकिस्तानको राजधानी तास्कन्दमा तीन दिनसम्म लिफ्टमा फसेकी एक महिलाको मृत्यु भएको छ ।
३२ वर्षीया महिलाले तीन दिनसम्म लिफ्ट भित्रैबाट सहयोगको याचना गरिरहेकी थिइन् । उनलाई बचाउन कोही नआएपछि अन्ततः उनको लिफ्टभित्रै मृत्यु भयो ।
ओल्गा लियोन्टिभा ९ तले भवनको माथिल्लो तलाको लिफ्टमा फसेका थिइन । जहाँ उनीले कुनै किसिमको सहयोग पाउन सकिनन् । प्राप्त जानकारी अनुसार विद्युत् सर्ट भएर लिफ्ट ९औं तलामा अड्किएको थियो । यस क्रममा लिओन्टिभा लिफ्टमा एक्लै थिइन् ।
रिपोर्टका अनुसार ३२ वर्षीया ओल्गा लियोन्टेभा तीन सन्तानकी आमा हुन र उनी डिलिवरी चालकको रूपमा काम गर्थिन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar