एजेन्सी – अमेरिकामा फेरि कोरोना सङ्क्रमण बढेको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले कोरोना सङ्क्रमित बिरामी अस्पताल भर्ना हुनेको क्रम बढ्दै गएको जनाएको छ ।
तथ्याङ्क अनुसार अस्पताल भर्ना हुनेको सङ्ख्या १० प्रतिशतले बढेको छ । जुन सन् २०२२ को डिसेम्बरयताकै तीव्र वृद्धि हो । जुलाई दोस्रो हप्तामा ७ हजार १ सयभन्दा धेरै कोभिडका बिरामी अस्पतालमा भर्ना भएको तथ्याङ्क छ ।
सीडीसीका प्रवक्ता क्याथलीन कोन्लीले गएको हप्ता पनि अस्पतालमा भर्ना हुने सङ्ख्या बढेको र सङ्क्रमण बढेपछि यसले फेरि चिन्ता थपिएको बताएका छन् । तर सङ्क्रमणबाट हुने मृत्युदर भने न्यून रहेको सीडीसीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar