काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पैसाको अभावमा उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनु नपर्ने बताएका छन् ।
दोस्रो आधारभूत जीवन रक्षा दिवस (बेसिक लाइफ सपोर्ट डे) को अवसरमा धुलिखेल अस्पतालले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले पैसा नभएका कारण उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनु नपर्ने बताएका हुन् ।
मन्त्री बस्नेतले आफूले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाले पछि देश भरिका १६ वटै संघीय अस्पतालहरूका ३ हजार ५ सय २३ शय्या विपन्नका लागि निःशुल्क गरेको बताउँदै सम्पूर्ण निजी अस्पतालहरुले १० प्रतिशत शय्या विपन्नका लागि निःशुल्क गर्ने कानूनी प्रावधानलाई कडाइका साथ लागु गराएकोले बिरामीको उपचारमा धेरै हदसम्म सहज भएको दाबी गरे ।
दुई वर्षभित्र सबै नेपालीलाई निःशुल्क रुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने र पाँच वर्षभित्र हरेक प्रकारका स्वास्थ्य सेवा प्रदान गर्न सक्ने आधारस्तम्भ तयार पार्न आफू लागेको बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar