काठमाडौं– मोरक्कोकी डिफेन्डर नुहैला बेन्जिनाले महिला विश्वकप फुटबलमा हिजाब लगाएर इतिहास रचेकी छन् ।
मोरक्कोको फुटबल क्लबका लागि खेल्ने बेन्जिना कुनै सिनियर महिला अन्तर्राष्ट्रिय प्रतियोगितामा हिजाब लगाउने पहिलो खेलाडी बनेकी छन् ।
२५ वर्षीया बेन्जिनाले दक्षिण अफ्रिकासँगको खेलमा डेब्यु गर्दै इस्लामिक ’हेडस्कार्फ’ हिजाब लगाएकी हुन् । यो खेलमा मोरक्कोले दक्षिण कोरियालाई १–० गोलले हराएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय ’इन्टरनेशनल फेडेरेशन अफ एसोसिएसन फुटबल’ (फिफा) ले सन् २०१४ मा धार्मिक कारणबाट शिर ढाक्ने अनुमति दिएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar