काठमाडौं – अभिनेता सारुक ताम्राकारको मोबाइलमा ‘सुसाइड नोट’ भेटिएको छ ।
ताम्राकारको मोबाइल परीक्षण गर्दा ‘सुसाइड नोट’ फेला परेको प्रहरीले बताएको छ । ताम्राकारको मोबाइल परीक्षणका लागि प्रहरी प्रधान कार्यालय स्थित डिजिटल फरेन्सिक ल्याबमा पठाईएको थियो ।
मोबाइल परीक्षण गर्दा ‘सुसाइड नोट’ फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले जानकारी दिए । ताम्रकारले नोटमा आफूलाई विवादमा नपार्न पनि भनेका छन् । झण्डै एक पाना लामो नोटमा उनले साथीहरु र परिवारलाई पनि सम्झिँदै सबै गल्ती आफ्नै भएको बताएका छन् । ‘इट्स अल माई फल्ट, कसैलाई ब्लेम नगर्नु’, उनको नोटलाई उधृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘यो सबै यहीँ इन्ड हुनु थियो, सो सकियो । लेट मि रेष्ट इन पिस, धन्यवाद ।’
प्रहरीका अनुसार, उनले आमा र बुबालाई सम्बोधन गर्दै फेरि यही परिवारमा जन्मिन पाउँ समेत भनेका छन् । ‘उहाँले लेखेको विवरणमा कसैलाई आक्षेप लगाइएको छैन, बुबाआमादेखि साथी सर्कलहरुलाई सम्झिइएको छ’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने ।
‘फरेन्सिक ल्याबबाट रिपोर्ट आएको छ’ एसएसपी कार्कीले भने, ‘ल्याबको रिपोर्टको आधारमा थप अनुसन्धान अघी बढाउनेसमेत कार्कीले बताए ।
गत असार २८ गते सारुक रातोपुल स्थित आफ्नै घरमे मृत भेटिएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar