काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश सभाका दलहरूलाई आह्वान गरेका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख खापुङले साउन १६ गते मंगलबार साँझ ५ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा धेरै दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्न समय दिइएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।
सर्वोच्च अदालतले यसअघि मुख्यमन्त्री बनेका कांग्रेसका उद्धव थापाको नियुक्ति बदर गर्दै साउन १७ भित्रमा संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार बनाउन आह्वान गर्न आदेश दिएको थियो ।
प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनबारे आह्वान गरे पनि कामचलाउ मुख्यमन्त्री बारे भने कुनै निर्णय भएको छैन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar