काठमाडौं – गैरआवासिय नेपाली संघ एनआरएनए जापानको निर्वाचनमा नेपालबाट मानवतस्करी गर्दै आएका ज्योति के.सि.ले पनि उम्मेदवारी घोषणा गरेका छन् ।
आसन्न निर्वाचनमा केसीले केन्द्रिय सदस्यको उम्मेदवारी घोषणा गरेका हुन् । केसीको उम्मेदवारी घोषणासंगै मानवतस्करीमा संलग्न रहेका विवादित व्यक्तिको उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै नेपालीहरुले उनिविरुद्ध आवाज उठाउन थालेका छन् । लामोसमयदेखी जापानको फुकुओका शहरमा होटल व्यवसाय गर्दै आएका उनीमाथी नेपालबाट मोटो रकम लिएर जापानमा मानवतस्करी धन्दा चलाँउदै आएको आरोप छ ।
एस्तो छ केसीको मानवतस्करी धन्दाको नालिवेली
एनआरएनए जापानको केन्द्रिय सदस्यको उम्मेदवारी घोषणा गरेसंगै केसिको मानवतस्करी धन्दाको पर्दाफास भएको छ । गुल्मी नेपाल घर भएका केसी जापानको फुकुओका शहरमा होटल रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका छन् । अहिले पनि उनको हिमालयन किचन नेपाली रेष्टुरेन्ट सञ्चालनमा छ । केसीले नेपाली विद्यार्थीहरुसंग भिषाको काम गरिदिने भन्दै रकम असुल्ने गरेका छन् । त्यस्तै रोजगारी लगाईदिने बाहनामा नेपाली विद्यार्थीहरुसंग मोटो रकम असुल्ने र सम्पर्कबिहीन हुनेगरेको केसीमाथी आरोप छ ।
नेपाली विद्यार्थीलाई वर्किङ्ग भिषा लगाईदिन्छु, आफ्नो रेष्टुरेन्टमा कुक भिषा लगाईदिन्छु भन्दै मोटो रकम असुल्ने र त्यसपस्चात् सम्पर्कबिहिन हुने गरेको जापानको फुकुवका सहरस्थित् एक विद्यार्थीले बताए । ति विद्यार्थीका अनुसार केसीले कसैलाई विजनेस भिषा बनाईनिन्छु, कसैलाई वर्किङ्ग भिषा लगाईदिन्छु, कसैलाई आफ्नै रेष्टुरेन्टमा कुक भिषा लगाईदिन्छु भन्दै लाखौं रकम लिने र त्यसपस्चात् अप्लाई नै नगरी सम्पर्कविहिन हुने गरेका छन् ।
उनले पैषा असुलेपछी अप्लाई नै केहि समयपछी भिषा रिजेक्ट भयो भन्दै नक्कली कागजात देखाउने गरेको समेत ति विद्यार्थीको आरोप छ ।
त्यस्तै केसीले मोटो रकम असुली गरी सेटीङमा नेपालदेखीसमेत कामदारसमेत लैजाने गरेका छन् । यद्धपी जापान पुगेपछी भने भिषा लागेर लगेका कुकलाई पनि गाली गलौज तथा अभद्र व्यवहार गरी कामबाट निकाल्ने गरेको उनीमार्फत जापान पुगेका नेपाली कामदारहरुको आरोप छ । नाम नबताउने शर्तमा झापा, काभ्रे घर भएका ति कामदारहरुले पनि आफुहरुलाई कुक भिषामा जापान लगेको र जापान पुगेपछी गाली गलौज तथा अभद्र व्यहार गर्दै रेष्टुरेन्टबाटै निकालेको बताए ।
त्यस्तै केसीले वकिलसंग परामर्श गर्ने भनी श्रीमतीको मोवाईल नम्वरमा जापानी वकिलको नाम राखी किर्ते मेसेज देखाई लुटधन्दा मच्चाँउने गरेको उनिबाट पिडित अर्का नेपाली युवाले बताए ।
केसीले लामो समयदेखी यस्तो धन्दा चलाँउदै आएकोबारे जापानस्थित् नेपाली राजदुतावासमा मौखिक उजुरी गर्दासमेत राजदुतावासले कुनै चासो नदिएको उनीहरुको गुनाशो छ ।
त्यस्तै उनिहरुले मानवतस्करी र ठगीधन्दामा सम्लग्न केसीलाई आगामी एनआरएनएको निर्वाचनमा मतदान नगर्नसमेत नेपालीहरुलाई आग्रह गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar