काठमाडौं – नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवम् सांसद राजेन्द्र प्रसाद पाण्डे र एमसिए नेपालका कार्यकारी निर्देशक खडग बहादुर विष्टबीच एमसिसि परियोजना अन्र्तगत एमसिए नेपालमार्फत सञ्चालन हुने कार्यक्रमबारे छलफल भएको छ ।
आज दिउँसो होटल याक एण्ड यतिमा एमसिए नेपालका निर्देशकसहितका टोली र पाण्डेबीच छलफल भएको पाण्डेको सचिवालयले जनाएको छ । पाण्डेका स्वकीय सचिव रेशम तामाङका अनुसार छलफलमा पाण्डेले एमसिए मार्फत धादिङ जिल्लामा सञ्चालन हुने कार्यक्रमबारे जानकारी लिएका थिए ।
नेपालमा एमसिसि परियोजना ५० करोड अमेरिक डलर अनुदान र नेपाल सरकारको १९ दशमलव ७ करोड लगानी गरेर ९० अर्ब नेपाली रुपैयाँमा यो परियोजना सञ्चालनमा छ । यो परियोजना अन्तर्गत नेपालको १० जिल्ला भएर भारतको सिमानसम्म ३१५ किलोमिटरको प्रसारण लाइन बन्नेछ ।
जसअन्र्तगत धादिङ जिल्लामा ६ स्थानीय तह यो परियोजना अन्र्तगत समेटिने छन् । त्यस्तै ६ स्थानीय तहको १७ वडामा परियोजना अन्तरगत टावर बन्नेछ । परियोजना अन्तर्गत बन्ने कुल ८५६ टावरमध्ये १४६ टावर धादिङ जिल्लामा निर्माण हुने भएका छन् । परियोजनामार्फत निर्माण हुने प्रसारण लाइनको ५५ दशमलव ५ किलोमिटर लाइन धादिङ जिल्लामा नै पर्नेछन् ।
जसमा थाक्रे गाउँपालिकाको वडा नं १, २,३ मा २० वटा, गल्छी गाउँपालिकाको वडा नं २, ३ र ८ मा २६ वटा, सिद्धलेक गाउँपालिकाको वडा नं ६ र ७ मा २५ वटा , गजुरी गाउँपालिकाको वडा नं २ मा ९ वटा, बेनिघाट रोराङ गाउँपालिकाको वडा नं ३, ४, ५, ६, ७, ८ , ९ मा ५९ वटा र निलकण्ठ नगरपालिकाको वडा नं ५ मा ७ वटा हुनेछ ।
छलफलमा सांसद पाण्डेले जिल्लाका विभिन्न स्थानीय तहमा टावर निर्माण गर्दा स्थानीय नागरिकलाई मर्का नपार्ने गरेर मात्र निर्माण गर्न आग्रह गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar