काठमाडौं– लगातार दोस्रो दिन आज पनि सेयर बजार उच्च अङ्कले घटेको छ ।
हिजो सोमवार साढे २६ अङ्कले घटेको सेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव १९ अङ्कले घटेर दुई हजार एक सय ६४ दशमलव ३१ विन्दुमा झरेको छ ।
बजार घटेको दिन होटल र पर्यटनबाहेक सबै समूहको सेयर ओरालो लागेको छ । आज सबैभन्दा धेरै वीपीडब्ल्यू लघुवित्तको सेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि किसान लघुवित्तको सेयर भने १० प्रतिशतले बढेको छ ।
आज बजारसँगै कारोबार रकम पनि घटेको छ । ७७ लाख १६ हजार कित्ता शेयर दुई अर्ब ९१ करोड सात लाख रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै सोल्टी होटलको १५ करोड २७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar