एजेन्सी– क्यामरुनको व्यापारिक केन्द्र दोउलास्थित एउटा चारतले भवन भत्किँदा ३७ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा अन्य २१ जना घाइते भएका छन्। भत्केको भवन अर्को आवासीय भवनमा खसेको थियो ।
शनिबार र आइतबार राति उक्त घटना भएको क्षेत्रीय गभर्नरले बताएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ। मृतकको सङ्ख्या बढ्नसक्ने उल्लेख गर्दै उनले खोजी जारी रहेको बताइएको छ ।
स्थानीय अस्पतालका अनुसार भवनको भग्नावशेषबाट जीवित उद्धार गरिएका १३ जनाको उपचार भइरहेको छ। ती मध्ये एक जना तीन वर्षीया बालिका र १९ वर्षकी युवतीको मृत्यु भएको छ ।
भवन भत्केको खबर पाउने वित्तिकै घटनास्थल पुगेका एक जना समाजसेवीले एउटा शिशुलाई बिना कुनै चोटपटक सकुशल उद्धार गरिएको बताएका छन् ।
घटनास्थल पुगेकी क्यामरुनकी शहरी विकासमन्त्री सेलेष्टिन केचा कुर्टेसले भत्केको भवनका मालिकले बिना अनुमति घर बनाएको बताइन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar