काठमाडौं– सानिमा बैंक लिमिटेडले २ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीले मात्र खरिद आवेदन दिन पाउने गरी विक्रीमा ल्याएको हो ।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले उक्त शेयरमा खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी शेयर माग गर्नुपर्दछ ।
शेयरमा ईच्छुक संस्थापक शेयरधनीहरुले सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ । खरिद आवेदन बैंकको केन्द्रीय कार्यालय काठमाडौंको नक्साल नारायणचौरमा पेस गर्न आग्रह गरेको छ ।
बैंकले तोकिएको यस समय अवधिभित्र खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संघ संस्थालाई शेयर विक्री गरिने बैंकले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar