काठमाडौं –आइतवार ६३ अङ्कले बढेको सेयर बजार आज भने दोहोरो अङ्कले घटेको छ । सेयर बजार परिसूचक नेप्से आज २६ दशमलव ६६ अङ्कले घटेर दुई हजार दुई सय दशमलव ५० विन्दुमा झरेको छ ।
आज म्युचल फन्ड र अन्यबाहेक अरू सबै समूहको सेयर ओरालो लागेको छ । आज सबैभन्दा धेरै किसान लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ भने लिबर्टी इनर्जीको सेयर साढे छ प्रतिशतले घटेको छ ।
नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । दुई करोड नौ लाख ७९ हजार कित्ता सेयर चार अर्ब ७३ करोड ७६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको २५ करोड ५६ लाख रुपैयाँको सेयर खरिद÷बिक्री भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar