एजेन्सी– अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको गोप्य दस्तावेजको दुरुपयोग अभियोगबारेको मुद्दामा अर्को वर्ष मात्रै सुनुवाइ सुरु हुने भएको छ । यो मुद्दाको सुनुवाई सन् २०२४ को मे महिनामा हुने भएको छ ।
अमेरिकी जिल्ला अदालतका न्यायाधीश आइलिन क्याननले अर्को वर्ष मे २० तारिखदेखि पूर्वराष्ट्रपति ट्रम्पको सुनुवाई सुरु गर्न आदेश दिएको बीबीसीले जनाएको छ ।
अभियोजकहरूले डिसेम्बरमा मुद्दाको सुनुवाइ सुरु गर्न माग गरेका थिए । तर ट्रम्पका प्रतिरक्षा वकिलहरूले अमेरिकामा अर्को वर्ष नोभेम्बरमा हुने राष्ट्रपति चुनावपछि मात्रै यो मुद्दा अगाडि बढाउन अनुरोध गरेका थिए ।
७७ वर्षीय ट्रम्प आउँदो वर्ष हुने चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदको दाबेदार छन् । तर गोप्य दस्तावेजको दुरुपयोग अभियोगबारेको मुद्दाको सुनुवाई चुनावी अभियानको शिखरमा हुने गरी तय भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar