एजेन्सी– २० वर्षीय युवा खेलाडी कार्लोस अल्कारजले आफ्नो खेलजीवनको दोस्रो ग्रान्डस्लाम उपाधि जितेका छन् ।
विश्व टेनिसको सबैभन्दा पुरानो ग्रान्डस्लाम प्रतियोगिता विम्बल्डनको उपाधिका लागि स्पेनिस खेलाडी अल्कारजले फाइनलमा सर्बियन खेलाडी नोभाक योकोभिचलाई हराएका थिए ।
३६ वर्षीय अनुभवी खेलाडी योकोभिचले हालसम्म विम्बल्डनको उपाधि मात्र सात पटक जितिसकेका छन् । उनी आठौं विम्बल्डन उपाधिको खोजीमा थिए । तर, अल्कारजले योकोभिचको त्यो सपनालाई पुरा हुन दिएनन् ।
प्रतिस्पर्धात्मक फाइनलमा अल्कारले योकोभिचलाई १—६, ७—६ ९८—६०, ६—१, ३—६, ६—४ अंकले हराएका हुन् ।
योकोभिचले हालसम्म २३ वटा ग्रान्डस्लाम उपाधि जितिसकेका छन् । अर्कोतिर, अल्कारजको भने यो दोस्रो ग्रान्डस्लाम उपाधि हो । अल्कारजले यसअघि सन् २०२२ मा यूएस ओपनको उपाधि जितेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar