काठमाडौं– घोराही सिमेन्ट इण्डष्ट्रीको आइपिओ आज बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट मर्चेन्ट बैंकिङको कार्यालयमा आज दिउँसो आइपिओ बाँडफाँट भएको हो ।
कम्पनीको आइपिओमा ५ लाख ८१ हजार ५४६ जनाको आवेदन परेको थियो । जसमध्ये २३ हजार ८४५ जनाको आवेदन रद्द भएको छ भने ५ लाख ५७ हजार ७०१ जनाको योग्य आवेदन परेको थियो ।
कम्पनीको आइपिओ १० कित्तादेखि ७० कित्तासम्म आवेदन दिएका ५ लाख ५३ हजार ४४ जनालाई माग अनुसार सेयर पाएका छन् ।
यस्तै ८० देखि ३० हजार कित्तासम्म आवेदन दिएका ४ हजार ६५७ जनालाई ७० कित्ताका दरले सेयर वितरण गरिएको बिक्री प्रवन्धकले बताएको छ ।
बाँकी रहेको ६ हजार ९१० कित्ता सेयर ८० देखि ३० हजार कित्तासम्म आवेदन दिएका ४ हजार ६५७ जनालाई पुनः १० कित्ताका दरले वितरण गरिएको छ ।
यस अनुसार आवेदकले अधिकतम ८० कित्तासम्म सेयर पाएका छन् । कम्पनीले गत जेठ ३२ गतेदेखि उक्त आइपिओ बिक्री गरेको थियो ।
कम्पनीले प्रतिसेयर एक सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar