काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य आजदेखि लागू गर्ने भएको छ । भारतबाट आउने नयाँ मूल्यको आधारमा स्वचालित मूल्य लागू गरिने निगमले जनाएको हो ।
पूर्ण स्वचालित मूल्य प्रणाली लागू गर्दा आयल निगमको प्रशासनिक खर्च, पूर्वाधारका लागि निश्चित प्रतिशत रकम राखेर भारतबाट आउने मूल्य अनुसार उपभोक्ताले लाभ पाउने गरी मूल्य घटाउने र मूल्य बढ्दा पनि त्यसको भार उपभोक्ताले नै बेहोर्ने गरी मूल्य बढाउने व्यवस्था हुन्छ ।
निगमले ३० अर्ब बक्यौता उठाउन बाँकी रहेकाले एलपी ग्यास बाहेक अन्य पदार्थमा ३ प्रतिशत नाफा राख्ने भएको छ ।
हाल पेट्रोलियम पदार्थको बिक्री मूल्य ठाउँ अनुसार प्रतिलिटर १ सय ६७ रूपैयाँ ५० पैसादेखि १ सय ७०, डिजेल र मटितेलको मूल्य प्रतिलिटर १ सय ४७ रूपैयाँ ५० पैसादेखि १ सय ५० रूपैयाँसम्म कायम गरिएको छ ।
यसैगरी, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ सय ३६ रूपैयाँ, अन्तर्राष्ट्रियतर्फ १ दशमलव ३५ डलर कायम गरिएको छ । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १८ सय रूपैयाँ छ । हाल निगमलाई १५ दिनमा १ अर्ब १० करोड नाफा हुने गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar