एजेन्सी– अमेरिकामा पछिल्लो १६ दिनदेखि अत्यधिक गर्मी बढीरहेको छ । दक्षिण–पश्चिममा लूको खतरनाक स्तर पुग्ने चेतावनी जारी गरिएको छ । राष्ट्रिय मौसम सेवाले शनिवार गर्मीको प्रभावलाई कम नसोच्न चेतावनी दिएको छ ।
लगभग एक तिहाइ अमेरिकी (लगभग ११ करोड) यसबाट प्रभावित छन् । फ्लोरिडादेखि क्यालिफोर्निया र अब वासिङ्टन पनि लूको चपेटामा छ । विश्वको सबैभन्दा तातो ठाउँमध्ये एक, क्यालिफोर्नियाको डेथ भ्याली, मा तापक्रम ५३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।
लास भेगास र नवादाजस्ता केही स्थानमा केही दिन भित्रै तापक्रम ४७ डिग्री सेल्सियससम्म पुग्न सक्छ ।
छिमेकी देश क्यानडाका अधिकारीका अनुसार औसतभन्दा बढी तापक्रमका कारण डढेलो लागिरहेको छ जसले अमेरिकाका केही भागलाई धुवाँले ढोकेको छ । डढेलोका कारण हालसम्म २.५ करोड एकड जमिन जलिसकेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar