काठमाडौं – राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सुर्तिजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत क्यान्सर अस्पतालमा खर्च गर्नुपर्ने बताएका छन् ।
आज राष्ट्रिय सभा बैठकमा आर्थिक विधेयक, २०८० माथि सुझाव राख्दै राष्ट्रिय सभा सदस्य दाहालले सुर्तिजन्य पदार्थमा कर बढाउनुपर्ने बताए । उनले सुर्तिजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत रकम क्यान्सर अस्पताल वा स्वास्थ्य सेवामा खर्च गर्नुपर्ने बताए ।
सरकारले स्वास्थ्य जोखिम कर वापत् उठाउने गरेको रकमबाट थोरै मात्र अस्पतालहरुमा दिइने गरेको भन्दै त्यस्तो रकम स्वास्थ्य सेवामा नै लगाउनुपर्ने बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar