काठमाडौं – कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ ।
कम्पनीले दोस्रो चरणको आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको २० प्रतिशत आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । १० प्रतिशत अर्थात् एक लाख २१ हजार ८६८ कित्ता सेयर बाँडफाँट गरिसकेको छ ।
सर्वसाधारणतर्फको १० प्रतिशत सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ६ हजार ९३ कित्ता र कर्मचारी तथा सामूहिक लगानी कोषलाई दुई हजार ४३७ कित्ता सुरक्षित गरी बाँकी एक लाख एक हजार १५१ कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याएको हो ।
कम्पनीको आईपीओ खरिदका लागि न्यूनतम १० देखि अधिकतम एक हजार कित्तासम्म माग गर्न सकिनेछ । आईपीओ निष्कासन अवधि छिटोमा यही असार २९ गतेसम्म रहनेछ । उक्त अवधिमा मागानुसार आवेदन नपरे साउन ९ गतेसम्म बिक्री खुला रहनेछ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्युअर त्रिपल ‘बी’ माइनस रेटिङ प्रदान गरेको छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी––आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको मेरोसेयर वेबसाइटमार्फत पनि आवेदन दिन सकिनेछ ।
कम्पनीले दोलखा जिल्लामा ९९८ किलोवाट क्षमताको सुष्पा बुखरीखोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७२ साल असोज ३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar