काठमाडौं – गायिका रमला पाख्रिन तामाङ दोस्रो काव्य म्युजिक अवार्डबाट सम्मानित भएकी छन् ।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा गायिका पाख्रीनलाई वन तथा वातावरणमन्त्री डा. विरेन्द्रप्रसाद महतोले सम्मान गरेका हुन् ।
काव्य म्युजिक सेन्टरकी अध्यक्ष सुजिता आचार्यको सभापतित्वमा भएको कार्यक्रममा गायिका पाख्रिनसँगै अन्य केही व्यक्तिलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।
गायिका पाख्रिनले यस सम्मानबाट आफूलाई सांगीतिक क्षेत्रमा अघि बढ्न हौसला मिलेको बताइन् । धादिङस्थित सत्यदेवी खनियाबासमा जन्मिएकी रमलाले सानैदेखि गीत संगीतमा लगाव राख्दै तामाङ ‘म्हेन्दोमाया’ को लय सुन्दै हुर्किएको सुनाइन् ।
हजुरबुवा, हजुरआमा, बुवाआमाले गाउँघरमा हुने मेला, पर्व, जात्रा, ल्होछार तथा वनपाखामा गाएको गीत सुनेर पनि गुनगुनाउन थालेको बताइन् । उही लयमा उनले गाउँघरका जात्रा र पर्वमा ‘म्हेन्दोमाया’ गाउँदै नाच्न थालिन् ।
‘म्हेन्दोमाया’ भन्दै हिँडेको दुई दशकभन्दा लामो समय कटेको आफूलाई पत्तो पनि नभएको गायिका पाख्रीनले सुनाइन् । धादिङ, नुवाकोट र रसुवाका पश्चिमी क्षेत्रमा बस्ने तामाङ समुदायको प्रख्यात लोकगीत हो म्हेंदोमाया । रमलाले यसै भाकालाई स्थापित गर्न लामो समयदेखि निरन्तर आफू लागिरहेको जिकिर गरिन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar