काठमाडौं– बङ्गलादेशमा डेङ्गुबाट एकैदिन सात जनाको मृत्यु भएको छ । मृतकको यो सङ्ख्या अहिलेसम्मको सबैभन्दा बढी हो ।
मङ्गलबार सबैभन्दा बढी एक हजार ५४ जना डेङ्गुका नयाँ बिरामी दर्ता भएका तथा थप सात जनाको मृत्यु भएको स्वास्थ्य सेवा महानिर्देशनालयले बुधबार जनाएको छ । यो सङ्ख्या यस वर्षको जनवरी यता एकै दिनमा सबैभन्दा धेरै हो ।
हाल डेङ्गु सङ्क्रमितको सङ्ख्या १४ हजार आठ सय ९७ पुगेको तथा ८३ जनाले ज्यान गुमाएका महानिर्देशनालयले बताएको छ । यो वर्ष डेङ्गु सङ्क्रमितमध्ये ११ हजार पाँच सय ११ जनाले स्वास्थ्य लाभ गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar