एजेन्सी– पाकिस्तानको निर्वाचन आयोगले मङ्गलबार पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध अवहेलनाको मुद्दामा गैर जमानत वारेन्ट जारी गरेको छ ।
इसीपीले पूर्व सूचना तथा प्रसारण मन्त्री फवाद चौधरीविरुद्ध पनि सोही कसुरमा गैर जमानत पक्राउ पुर्जी जारी गरेको छ ।
इसीपीले गत वर्ष पाकिस्तान तहरीक(ए(इन्साफ (पीटीआई)का प्रमुख खान र पार्टीका पूर्व नेता चौधरीले मुख्य निर्वाचन आयुक्त असद उमर विरुद्ध अभद्र भाषा प्रयोग गरेको आरोपमा उजुरी दर्ता गरेको थियो । त्यसैको लागि उनी विरुद्ध वारेन्ट जारी भएको हो ।
खान र चौधरीविरुद्ध गिरफ्तारी वारेन्ट आदेश ईसीपी सदस्य निसार दुर्रानीको नेतृत्वमा रहेको चार न्यायाधीशको बेन्चले पारित गरेको थियो । पीटीआईका दुई नेताहरू धेरै चेतावनीका बाबजुद पनि मंगलबार उपस्थित भएका थिएनन् ।
निर्वाचन आयोगले अनुरोध स्वीकार गर्दै वकिललाई यस सम्बन्धमा औपचारिक निवेदन पेश गर्न निर्देशन दिए पनि खान र चौधरीविरुद्ध गैर जमानत पक्राउ पुर्जी जारी गर्दै सुनुवाइ २५ जुलाईसम्मका लागि स्थगित गरेको छ ।
गत जनवरीमा लामो कार्यवाही पछि सर्वोच्च अदालतले इसीपीलाई खान, चौधरी र उमर विरुद्ध कार्यवाही जारी राख्न अनुमति दिएको थियो। त्यसपछि निर्वाचन आयोगले उनी विरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar