एजेन्सी– भारतमा मुसलधारे वर्षापछि आएको बाढी पहिरोका कारण २९ जनाको ज्यान गएको छ । हिमाञ्चलमा ९, उत्तरप्रदेशमा ६, उत्तरखण्डमा पाँच, जम्मु कश्मीरमा चार, पञ्जाबमा दुई तथा दिल्ली र लद्दाखमा एक÷एक जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यी ठाउँमा मुसलधारे वर्षा भइरहेकाले विद्यालय तथा कलेज बन्द गरिएको छ । यस्तै, बढी प्रभावित क्षेत्रमा रेलवे सेवा पनि बन्द भएका छन् भने केही ठाउँमा रेल गुड्ने मार्ग परिवर्तन गरिएको छ । हिमाञ्चलको मन्डी जिल्लामा तीन वटा पुल बाढीले बगाएको छ ।
हिमाञ्चल प्रदेशको आपत्कालीन परिचालन केन्द्रका अनुसार झण्डै ३६ घण्टामा १४ ठाउँमा पहिरो गएको छ भने १३ ठाउँमा बाढी आएको छ । सात सयभन्दा धेरै सडक बन्द छन् ।
यस्तै, दिल्लीमा ४१ वर्षयताकै सबैभन्दा ठूलो वर्षा भएको छ । पछिल्लो २४ घण्टामा १ सय ५३ मिलिमिटर वर्षा भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar