काठमाडौं– गत मंगलबार आफ्नै घरमा मृत फेला परेका गायक तथा अभिनेता रविन तामाङको आज अन्त्येष्टि गरिँदै छ । तामाङ परम्परा अनुसार स्वयम्भूमा अन्तिम संस्कार गरिने भएको छ ।
अन्तिम श्रद्धाञ्जलीका लागि रविनको पार्थिव शरीरलाई नक्शालस्थित संगीत तथा नाट्य एकेडेमीमा राखिएको छ ।
रविनका दुई छोरीहरु छन् । उनीहरु फ्रान्समा बसोबास गर्ने भएकाले नेपाल आइपुग्न समय लागेकाले आज अन्त्येष्टि गर्न लागिएको हो ।
मंगलबार बेलुका तामाङ बुढानीलकण्ठ चिसेनीस्थित निवासमा मृत भेटिएका थिए । प्रारम्भिक पोस्टमार्टम रिपोर्टमा उनको मृत्यु मुटुको समस्याले भएको हुन सक्ने जनाइएको छ ।
रविन एण्ड द न्यु रिभोलुसनका गायक समेत रहेका ६० वर्षीय तामाङले पछिल्लो समय फिल्ममा समेत अभिनय गर्दै आएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar