एजेन्सी – अमेरिकाले १२० देशमा प्रतिबन्धित ‘क्लस्टर बम’ युक्रेनलाई पठाउने भएको छ ।
राष्ट्रपति बाइडेनले आफूलाई यो निर्णय लिन सहमत गराउन निकै समय लागेको तर युक्रेनमा गोलीगठ्ठा सकिनै लागेको कारण निर्णय लिन बाध्य भएको स्पष्टीकरण दिएका छन् ।
युक्रेनका नेताहरुले अमेरिकी कदमको स्वागत गरेका छन् । रुसले अमेरिकी कदमको कडा विरोध गरेको छ । ‘क्लस्टर बम’ विश्वका १२० देशमा प्रतिबन्धित रहेको छ । बाइडेनले सीएनएनसँग कुरा गर्दै आफ्ना सहयोगी राष्ट्रहरूलाई आफ्नो निर्णयबारे जानकारी गराइसकेको जानकारी दिएको छ ।
राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले ह्वाइट हाउसको दैनिक प्रेस ब्रिफिङमा क्लस्टर बमबाट सर्वसाधारणमाथि हुनसक्ने खतराबारे सरकार जानकार रहेको बताउँदै यो बम पठाउन सकेसम्म ढिलाइ गरेको प्रष्टीकरण दिए ।
युद्धको दौरान युक्रेनलाई कुनैपनि समय रक्षाविहीन अवस्थामा राख्न नसकिने जेकको भनाइ छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar