एजेन्सी – अफगानिस्तानका पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहले अमेरिकी गुप्तचर एजेन्सी सीआईएले तालिबानसँग गोप्य बैठक गरिरहेको दाबी गरेका छन् ।
सीआईएले तालिबानलाई २ वटा रूसी एमआई–१७ हेलिकप्टर पनि दिएको छ। जसलाई काबुल एयरपोर्टको पश्चिमी भागमा राखिएको छ ।
‘ती हेलिकप्टरहरू तालिबानले कब्जा गर्नुअघि प्रयोग गरिन्थ्यो, जसलाई मर्मतका लागि यूएई लगिएको थियो। सिआइएले अब ती हेलिकप्टर तालिवानलाई सुम्पेको छ’ उनले भने ।
अमरुल्लाह सालेहले अमेरिकाले तालिवानसँग मिलेर काम गरेको आरोप लगाएका छन्। उनले दोहा सम्झौतामार्फत अमेरिकाले तालिबानलाई करोडौं रुपैयाँ दिएको बताए। यसमार्फत अमेरिकाले तालिबानलाई आफ्नो रणनीतिक स्वार्थका लागि प्रयोग गर्न खोजेको उनको दाबी छ ।
फेब्रुअरी २०२० मा अमेरिका र तालिबानबीच सम्झौता भएको थियो। यसअन्तर्गत अमेरिकाले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने प्रतिबद्धता जनाएको थियो। तालिबानले अमेरिकी सेनामाथि आक्रमण रोक्न पनि सहमति जनाएका थिए ।
त्यसयता अमेरिका र तालिबानबीच दोहा सम्झौतामार्फत वार्ता हुँदै आएको छ। तालिबानले अमेरिका वा उसका सहयोगीहरूविरुद्ध काम नगर्ने पनि सम्झौतामा निर्णय भएको थियो। सालेहका अनुसार यो सम्झौता अमेरिकाको एउटा षडयन्त्र हो जसमार्फत उसले तालिबानलाई आफ्नो स्वार्थका लागि प्रयोग गर्न खोजेको छ ।
सन् २००१ मा न्युयोर्क र वाशिङटनमा भएको ९÷११ आक्रमणपछि अमेरिकाले अफगानिस्तानविरुद्ध युद्ध सुरु गरेको थियो। तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू. बुशले अमेरिकामाथि भएको आक्रमणको बदला लिने वाचा गरेका थिए। तर, वर्षौंसम्म लडाइँ गरेर पनि अमेरिका सफल हुन सकेन। सयौं सैनिकको मृत्यु र अर्बौं डलर खर्च गर्दा पनि युद्धको कुनै परिणाम आउन सकेको छैन।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar