एजेन्सी– किलियान एम्बाप्पेले अर्को सिजन फ्रि–ट्रान्सफरमा रियल मड्रिडसँग आबद्ध हुने निर्णय गरिसकेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आशङ्का गरेको छ ।
एम्बाप्पेलाई पीएसजीले सोमबार पत्र पठाउँदै यो महिनाको अन्त्यमा करार थप नगरे यही ट्रान्सफर विन्डोमा सबैभन्दा ठुलो रकम अफर गर्ने जुनकुनै क्लबलाई बेच्ने चेतावनी दिएको हो । करार थप नगरेको खण्डमा पीएजसीले एम्बाप्पेलाई जतिसक्दो चाँडो, जुनसुकै क्लबमा बेच्ने छ ।
स्काई स्पोर्टका अनुसार यो सम्भावित ट्रान्सफरमा भावनाभन्दा पनि रकमले भूमिका खेल्नेछ । यसअघि पीएसजीले रियल मड्रिडसँग कुनै पनि ‘व्यवसाय’ नगर्ने बुझिएको थियो ।
तर, एम्बाप्पेले करार नवीकरण नगर्ने भए, क्लबले उनलाई जुनसुकै क्लबलाई पनि बेच्ने निर्णयमा पुगेको हो ।
एम्बाप्पेको करार अर्को वर्ष सकिँदैछ जसमा थप एक वर्ष करार थप्ने विकल्प छ । तर, एम्बाप्पेले करार नवीकरण गर्न अस्वीकार गरेका छन् ।
यसको अर्थ उनी अर्को सिजन फ्रि–ट्रान्सफरमा रियल जाने तयारी गरेका छन् । २४ वर्षीय खेलाडी सन् २०१७–१८ सिजनमा मोनाकोबाट ऋणमा पीएसजी आइपुगेका हुन् ।
उनले पहिलो सिजनको २७ खेलमा १३ गोल गरेका थिए । सन् २०१८ मा क्लबले उनलाई अनुबन्ध गरेको थियो । उनले त्यसयता १४९ खेलबाट १३५ गोल गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar