एजेन्सी– बङ्गलादेशको राहत शिविरमा भएको झडपमा छ जना रोहिङ्ग्या शरणार्थीको ज्यान गएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजक बयान लिन त्यस बस्तीमा पुगेको केही घण्टापछि भएको झडपमा छ जनाको ज्यान गएको प्रहरीले शुक्रवार जनाएको छ ।
बङ्गलादेशमा रोहिङ्ग्या अल्पसङ्ख्यक समुदायका झन्डै १० लाख सदस्य छन् । उनीहरूमध्ये धेरैजसो सन् २०१७ मा छिमेकी देश म्यानमारमा भएको सैन्य कारबाहीबाट भागेका हुन् ।
’अराकान रोहिङ्ग्या साल्भेसन आर्मी’ (एआरएसए) र ’रोहिङ्ग्या सोलिडारिटी अर्गनाइजेशन’ (आरएसओ) बीच शिविरमा सञ्चालित दुई प्रतिद्वन्द्वी विद्रोही समूहबीच भएको घातक भिडन्तको शृङ्खलामा यो हप्ताको हिंसा पछिल्लो घटना हो ।
शरणार्थी शिविरको सुरक्षा हेर्ने सशस्त्र प्रहरी बटालियनका प्रवक्ता फारुक अहमदले एएफपीलाई दिएको जानकारीअनुसार शुक्रवार बिहान सबेरै भएको सशस्त्र झडप (गोली हानाहान) मा पाँच जनाको ज्यान गएको छ । झडपपछि शिविरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
अहमदका अनुसार शरणार्थी समुदायका नेता इबादुल्लाहको एआरएसए सदस्यहरूको हातबाट हत्या भएको केही घण्टापछि हिंसा भएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar