काठमाडौं– महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगविरुद्धका लागि हालसम्म १० लाख ३७ हजार डोज खोप आयात भएको छ । आयातित खोपमध्ये १ लाख ८० हजार ९ सय २२ पशुमा खोप लगाउने कार्य सम्पन्न भएको पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले बताए ।
आयातित खोप ७ वटै प्रदेशका विभिन्न जिल्लामा १ लाख ८० हजार ९ सय २२ पशुमा लगाइएको छ ।
विभागका अनुसार गाईभैंसीको खोपकै लागि २०७९÷८० मा खर्च गर्ने गरी महानगरपालिका र सङ्क्रमण नफैलिएका जिल्ला बाहेक प्रत्येक स्थानीय तहमा महामारी नियन्त्रण गर्न संघीय शसर्त अनुदान अन्तर्गत १ लाखका दरले रकम विनियोजन भएको छ । सो रकमबाट औषधि उपचार तथा खोप खरिद गर्न सबै पालिकालाई आग्रह गरेको छ ।
लम्पी स्किन पहिलो पटक २०७७ असारमा मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाका गाईहरूमा देखा परेको थियो । हालसम्म मनाङबाहेक ७६ जिल्लामा यो रोग पुष्टि भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar