काठमाडौं – सेयर बजार परिसूचक नेप्से आज पनि दोहोरो अङ्कले घटेको छ । हिजो आइतवार ५३ अङ्कभन्दा धेरैले घटेको नेप्से आज २१ दशमलव ३२ अङ्कले घटेर दुई हजार ७५ दशमलव ९७ विन्दुमा झरेको छ ।
आज होटल तथा पर्यटन र व्यापारबाहेक सबै समूहको शेयर घटेको छ । आज दुई सय ७६ वटा कम्पनीका ९४ लाख १८ हजार कित्ता शेयर चार अर्ब पाँच करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै हिमालयन लाइफ इन्सुरेन्सको २३ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज एक सय ७४ वटा कम्पनीको शेयर घट्दा लक्ष्मी इक्विटी फन्डको शेयर सबैभन्दा धेरै नौ झन्डै प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सिवाईसी नेपाल लघुवित्त, बीपीडब्ल्यू लघुवित्त र सिटी होटलको शेयर १० प्रतिशतले बढेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar