एजेन्सी – प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि फ्रान्समा जारी हिंसात्मक प्रदर्शन थप चर्किएको छ ।
स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले पेरिसवासीलाई घर बाहिर निस्किन बन्देज लगाइरहेको बेला फ्रान्सको दक्षिणी शहर मार्सेलीमा पनि हिंसा फैलिएको छ ।
त्यहाँ शनिबारदेखि नै हिंसा जारी छ । त्यहाँको भिडियो फुटेजमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको र मानिसहरुबीच भागदौड मच्चिएको देखिन्छ । हिंसा फैलाएको आरोपमा त्यहाँ हालसम्म ५६ जना पक्राउ परिसकेका छन् ।
स्थानीय मिडियाहरूका अनुसार प्रहरी र प्रदर्शनकारीले एकअर्कामाथि आक्रमण जारी राखेका छन् । सामाजिक सन्जालमार्फत् आह्वान गर्दै मानिसहरु एकजुट भएर प्रदर्शन गरिरहँदा स्थिति नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परिरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar