काठमाडौं– बिगमार्टमा सामान खरिद गरी स्मार्ट क्यूआरमार्फत् भुक्तानी गर्दा १० प्रतिशत अतिरिक्त छुट पाइने भएको छ ।
विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यकासाथ बिग मार्टको चौधौँ वार्षिकोत्सवको अवसरमा स्मार्ट क्यूआर र बिग मार्टबीच यस्तो सम्झौता भएको हो ।
छुट अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि सामान खरिद गरी स्मार्ट क्यूआरमार्फत् भुक्तानी गर्दा १० प्रतिशत अधिकतम अर्थात् १ सय ५० रुपैयाँसम्म अतिरिक्त छुट पाउने भएका छन् ।
आजदेखि शुरु भएको यो योजना साउन १५ गतेसम्म रहने भएको छ । यो छुट अवधिभर हरेक ग्राहकले ५ सय रुपैयाँसम्म छुट पाउन सक्नेछन् ।
स्मार्ट क्युआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले बिग मार्टको सम्पूर्ण शाखाहरुमा क्यूआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्ने छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar