एजेन्सी– हुथी मिलिसियाले गरेको ड्रोन आक्रमणमा बिहीबार दक्षिणी प्रान्त धालियामा चार यमनी सरकारी सैनिकको मृत्यु भएको एक सैनिक अधिकारीले सिन्ह्वालाई बताएका छन् ।
हुथी मिलिशियाले विस्फोटक पदार्थले भरिएको ड्रोन तैनाथ गरी धलियाको उत्तरी क्षेत्रहरूमा सरकार समर्थक सेनाका सैन्य प्रतिष्ठानहरूलाई निशाना बनाएको ती अधिकारीले बताए ।
उनले सो ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु भएको र थुप्रै घाइते भएको उल्लेख गरेका छन् । आक्रमणले सैन्य क्षेत्रलाई क्षति पु¥याएको र सशस्त्र गाडी पूर्ण रूपमा नष्ट भएको पनि जानकारी दिएका छन् ।
अधिकारीका अनुसार हुथीहरूले दक्षिणी प्रान्तहरूमा अन्य मोर्चाहरूमा पनि सैन्य आक्रमणलाई तीव्रता दिँदै आएका छन् । यमन सन् २०१४ देखि विनाशकारी गृहयुद्धमा फसेको छ । हुथीहरूले अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारविरुद्ध लडिरहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar